Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । बीपी राजर्मागको भकुण्डे–मंगलटार खण्डमा सुक्खा पहिरो झरेपछि दुवैतर्फबाट सवारीसाधन आवतजावत बन्द भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार, आइतबार साँझ ७:२५ बजेतिरबाट भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध नगरपालिका–४ स्थित १ नम्बर पुल नजिक सुक्खा पहिरो झर्न थालेकाे हाे ।
पहिरो झर्न थालेपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा रोक लगाएको उनले बताए । उनका अनुसार, पहिरो झर्ने क्रम जारी रहेकाले तत्कालै एस्काभेटर प्रयोग गरी माटाे पन्छ्याउन सक्ने अवस्था छैन । पहिरो झर्न रोकिएपछि माटाे पन्छ्याउने उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij