Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ

विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा हुलाक भन्सार शाखा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नासु छवि प्रसाद रिजाल छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट आइतबार पक्राउ गरेको हो ।

    AGNI GROUP

    पुडासैनीबाट घुस लिएको १० हजार, १ लाख ३६ हजार ४२० जरी जम्मा १ लाख ४६ हजार ४२० बरामद भएको छ ।

    त्यस्तै रिजालको साथबाट घुस लिएको २० हजार र स्रोत नखुलेको रकम गरी २ लाख ६८ हजार २८८ रुपैयाँ भएको छ ।

    उनीहरुले कुरियर कम्पनीमार्फत विदेश पठाउने सामान घुस माग्ने गरेको सूचना आएपछि अख्तियारले छापा मारेर पक्राउ गरेको हो ।

    यसका साथै २३ थान मोबाइल पनि बरामद भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट