Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन–जी सहिदको सम्झनामा संसद् भवनअघि आत्मशान्ति हवन

जेन–जी सहिदको सम्झनामा संसद् भवनअघि आत्मशान्ति हवन

जेन–जी सहिदको सम्झनामा संसद् भवनअघि आत्मशान्ति हवन

  • काठमाडौँ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि हवन गरिएको छ। 

    onlinepatrika
    Arghakhachi

    एक महिनादेखि माइतीघर मण्डलामा आन्दोलनरत ‘नेत्रवाद दर्शन’ समूहले आइतबारदेखि संसद् भवनको मुख्य गेट अगाडि होम–यज्ञ तथा पूजा गर्न थालेको हो।

    AGNI GROUP

    आन्दोलनका क्रममा ज्यान गुमाएका जेन-जीहरूको सम्झना र उनीहरूको सपना पूरा गर्न यो कार्यक्रम आयोजना गरिएको समूहले जनाएको छ।

    आयोजक नेत्रवाद दर्शनकी अभियन्ता स्मृति राईले पूजा केवल धार्मिक अनुष्ठान मात्र नभइ देशको विद्यमान राजनीतिक र संवैधानिक समस्या समाधानका लागि गरिएको एक सांकेतिक विरोध पनि भएको उल्लेख गरिन्। ‘हामीले जेन-जीको समस्या समाधानका लागि यो कदम चालेका हौँ,’ राईले भनिन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij