Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्वोच्चको आदेश: शरद रोकिए, चन्द्रकला अघि बढिन्

सर्वोच्चको आदेश: शरद रोकिए, चन्द्रकला अघि बढिन्

  • काठमाडौं । बीमा प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझालाई पुन: जिम्मेवारीमा फर्किन सर्वोच्च अदालतले रोक लगाएको छ । ओझालाई पदमुक्त गर्ने तत्कालीन सरकारको निर्णयलाई सदर गर्दै सर्वोच्चले उनलाई जिम्मेवारीमा फर्किन रोक लगाएको हो ।

    onlinepatrika
    Arghakhachi

    न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले गत भदौ २३ गते दिएको ‘शरद ओझालाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू’ भन्ने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको निर्णयसँगै अब उनी बीमा प्राधिकरण फर्किने बाटो पूर्णरूपमा बन्द भएको हो ।

    AGNI GROUP

    यो निर्णयसँगै नयाँ नियुक्ति पाएका अध्यक्षलाई निर्वाध काम गर्ने बाटो खुलेको छ । पछिल्लो समय प्राधिकरण अध्यक्षको जिम्मेवारीमा चन्द्रकला पौडेललाई नियुक्त गरिएको छ ।

    ओझाको पाँच वर्ष उच्च व्यवस्थापकीय काममा अनुभव नभएको भन्दै प्रश्न उठेपछि तत्कालीन सरकारले गत असार ३० गते एक जाँचबुझ समिति गठन गरेको थियो । समितिको प्रतिवेदनकै आधारमा ओझालाई तत्कालीन केपी शर्मा ओली सरकारले हटाएको थियो

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट