Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं क्षेत्रका सबै सहकारी संस्थाहरूको अनुगमन र स्थलगत निरीक्षण गर्ने भएको छ ।
महानगरपालिकाको सहकारी विभागद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । आगामी दिनहरूमा सहकारी संस्थाहरूको गतिविधिहरूको निगरानी गरिनेछ । यस क्रममा, सहकारी संस्थाहरूले १४ विभिन्न प्रकारका कागजात र अभिलेख पेस गर्नुपर्नेछ ।
निरीक्षणका लागि आउने टोलीलाई कागजात, अभिलेखसहितका १४ प्रकारका विवरण उपलब्ध गराउन महानगरले आग्रह गरेको छ । महानगरपालिकाले अनुगमनको प्रक्रिया प्रभावकारी बनाउनका लागि संस्था सञ्चालकहरूलाई आवश्यक कागजातहरू उपलब्ध गराउन विशेष ध्यान दिन आग्रह गरेको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij