Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बेवारिसे अवस्थामा भेटिए दुई थान भरुवा बन्दुक

बेवारिसे अवस्थामा भेटिए दुई थान भरुवा बन्दुक

  • काठमाडौं । यहाँको रघुगंगा गाउँपालिका-५ मा पर्ने झीँ गाउँको जंगलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जंगलबाट भरुवा बन्दुक बरामद गरेको हो । जंगलमा राखेर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ ।

    onlinepatrika
    Arghakhachi

    बन्दुक बरामद गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। म्याग्दीको ग्रामीण क्षेत्रमा वन्यजन्तुको सिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउनसक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुवा बन्दुक खोज अभियानअन्तर्गत यसअघि ११५ थान बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए। सोमबार पनि सोही अभियानअन्तर्गत खोजी गर्दा बेवारिसे अवस्थामा बन्दुक बरामद भएको उनको भनाइ छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालयले जिल्लाभरका युनिटलाई परिचालन गरी मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा संकलन ‘अप्रेशन’ चलाएको थियो। निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउनसक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

    एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११, अन्नपूर्ण गाउँपालिकाबाट १६, रघुगंगा गाउँपालिकाबाट ४८, मंगला गाउँपालिकाबाट १४, मालिका गाउँपालिकाबाट २०, धवलागिरि गाउँपालिकाबाट छ थान भरुवा बन्दुक बरामद गरिएको थियो।

    अवैध बन्दुक भएमा प्रहरीलाई बुझाउन वा खबर गर्न प्रहरी नायब उपरीक्षक थापाले सबैलाई अनुरोध गरे। अवैध बन्दुकसहित फेला पारेमा पाँच वर्ष कैद र ५० हजार जरिवानाको कानुनी व्यवस्था छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij