Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कृषि पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

कृषि पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

  • काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) द्वारा उदयपुर जिल्लको त्रियुगा नगरपालिका १० मा तीन दिने कृषि पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले माघ १३ गतेदेखि माघ १५ गतेदेसम्म तालिम सम्पन्न भएको हो ।

    onlinepatrika
    Arghakhachi

    त्रियुगा नगरपालिका १० स्थित होटल ओल्ड दरबारमा सञ्चालन भएको तीन दिने कृषि पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ । सगरमाथा लुम्बिनी इन्सुरेन्स कोशी प्रदेश प्रमुख श्री नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले सहजीकरण गरेका थिए । कार्यक्रममा इन्सुरेन्स कम्पनीका प्रतिनिधि साथै विभिन्न जिल्लाहरूबाट सहभागीको सहभागिता रहेको थियो ।

    AGNI GROUP

    उक्त कार्यक्रममा १५ जना सहभागीहरूले सहभागिता जनाई सफलतापूर्वक प्रमाणपत्र प्राप्त गरे । कार्यक्रम सञ्चालक उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवालले गरेका थिए । अभिकर्ता तालिम प्राप्त गरिसके पश्चात अभिकर्ताहरू कृषकहरूकोमा गई कृषकहरूको अधिकतम मात्रामा सुरक्षण प्रदान गर्ने र कृषि बीमाको दायरा बढ्ने विश्वास कम्पनीले राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij