Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

न्युजिल्याण्ड र ग्रीस पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

न्युजिल्याण्ड र ग्रीस पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–३१ बस्ने धादिङ थार्के गाउँपालिका–७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका–२६ बस्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका–४ घर भएका ३१ वर्षीय नवीन दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ७ जना पीडितबाट लाखौं रुपैयाँ रकम असुलेको पाइएको छ । 

    AGNI GROUP

    पक्राउ मध्ये अन्जनले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १७ लाख १० हजार रूपैयाँ र नवीनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

    पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले अन्जनलाई काठमाडौं महानगरपालिका–३१ बाट र नवीनलाई काठमाडौं–३२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट