Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एपीएफ र एनआरटी समान स्थितिमा अगाडि

एपीएफ र एनआरटी समान स्थितिमा अगाडि

  • काठमाडौँ । एपीएफको लगातार जितको यात्रामा मंगलबार पूर्णविराम लागेको छ, यद्यपि उसको अपराजित यात्रा भने कायम रह्यो। शीर्षताको दौडमा रहेको एपीएफ र एनआरटीबीचको खेल गोलरहित बराबरीमा रोकियो । यो नतिजापछि दुवै टिम समान १३ अन्तरमा रहे र शीर्ष दुई स्थानमा रहे ।

    onlinepatrika
    Arghakhachi

    दुवैको समान गोल अन्तर रहेको छ । तर एनआरटीले ६ खेल खेलेको छ, एपीएफको भने यो पाँचौं खेल मात्र हो । मछिन्द्र पनि १३ अंकमा तेस्रो स्थानमा छ । अहिलेसम्म अपराजित टिममा आर्मी र लालीगुराँस पनि रहेका छन् ।

    AGNI GROUP

    दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले नवजनजागृतिलाई ४–० ले पराजित गरेको थियो । दशरथ रंगशालामा आयोजित दिनको पहिलो खेलमा जावलाखेलले पहिलो हाफमै तीन गोलको अग्रता लियो । त्यसमा हरिश भट्टले आठौं मिनेटमा गोलको खाता खोलेपछि बउबाकार सिसासोले दसौं मिनेटमा दोस्रो गोल थपे । दोस्रो गोल पेनाल्टीमा सम्भव भएको थियो । युवराज ढकालले ४३ औं मिनेटमा तेस्रो गोल गरे । धर्मेन्द्र कुँवरले ८६ औं मिनेटमा अन्तिम गोल गरे ।

    यो जितले जावलाखेलको पाँच खेलबाट ६ अंक भएको छ र आठौं स्थानमा उक्लेको छ । नवजनजागृतिको भने यो लगातार पाँचौं हार हो । यो नतिजापछि नवजनजागृति अन्तिम स्थानमा झरेको छ । उसको अगाडि काँक्रे विहार पनि शून्य अंकमै रहेको छ । यिनै दुई टिमले प्रतियोगितामा आफूले खेलेका सबै खेल गुमाएका छन् । गोल अन्तरमा नवजनजागृति पुछारमा रहेको हो ।

    दशरथ रंगशालामै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी र संकटाले गोलरहित बराबरी खेलेका छन् । यो नतिजापछि मनाङ ६ खेलबाट सात अंकमा छ । उसले सुरुआती तीन खेल गुमाए तापनि त्यसपछिका खेलबाट सात अंक बटुलेको हो । संकटा भने ६ खेलबाट ६ अंकमै दसौं स्थानमा रह्यो । उसको यो तेस्रो बराबरी हो । संयोगले यी तीनै बराबरीमा उसले गोलरहित खेल खेलेको हो। प्रतियोगिताका पछिल्ला पाँच खेलमा गोलका खडेरी देखिएको छ । यसमध्ये चार खेल गोलरहित बराबरीमा टुंगेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij