Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मुक्तिनाथ क्षेत्रमा हिमपात

मुक्तिनाथ क्षेत्रमा हिमपात

  • काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा मङ्गलबार दिउँसोदेखि हिमपात भएपछि बुधबार बिहान क्षेत्र पूरै सेताम्मे बनेको छ ।

    onlinepatrika
    Arghakhachi

    लगातार परेको हिमपातका कारण मुक्तिनाथ क्षेत्र, आसपासका डाँडा तथा बस्तीहरू हिउँले ढाकिएका छन्। हिमपातसँगै चिसो बढेपछि स्थानीय बासिन्दा तथा तीर्थयात्रीहरू प्रभावित भएका छन् ।

    AGNI GROUP

    हिमपातपछि मुक्तिनाथ क्षेत्रको दृश्य अत्यन्तै मनमोहक बनेको छ । सेताम्मे हिमाल, मन्दिर परिसर र वरिपरिको प्राकृतिक सौन्दर्यले पर्यटक तथा भक्तजनहरूलाई आकर्षित गरेको छ ।

    मौसमविद्हरूले आगामी केही दिन चिसो अझै बढ्न सक्ने अनुमान गर्दै सतर्क रहन आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij