Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विद्युत् चुहावट हुँदा बुढानिलकण्ठमा आगलागी

विद्युत् चुहावट हुँदा बुढानिलकण्ठमा आगलागी

  • काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण संकलनकार्य सुरु गरिएको।

    onlinepatrika
    Arghakhachi

    गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले  जानकारी दिए।

    AGNI GROUP

    उनले भने, ‘विद्युत् सर्ट हुँदा आगलागी भएको बुझिएको छ, राति हामीले मानवीयलगायतको उद्धार गरेका थियौँ, अहिले बिहानबाट क्षतिको विवरण संकलनकार्य सुरु भएको छ ।’

    यसैगरी आगलागी भएको ठाउँबाट सात जनाको उद्धार गरिएको र मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij