Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय नागरिक ४९ वर्षीय अबु बरकत कुदरेत खोदा काजीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाटअवैध रूपमा भन्सार छली लुकाई छिपाई लैजान लागेको करिब १ सय ग्राम तौलको सुनसहित पक्राउगरिएको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका उनलाई जाँच गर्दा उनको साथबाट उक्त सुन फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij