Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।
उनका ९७र्षीय बुबा भोजप्रसाद भट्टराईको आज निधन भएको छ । भट्टराईको न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो ।
भट्टराईको शव केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता रोशन पोखरेलले जनाकारी दिए ।
भट्टराईका २ छोरा र २ छोरी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij