Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रास्वपा उपसभापति वाग्लेले दिए साइबर ब्युरोमा उजुरी

रास्वपा उपसभापति वाग्लेले दिए साइबर ब्युरोमा उजुरी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    झुटो विवरण तयार गरेर आफूविरूद्ध सामाजिक सञ्जालमार्फत् भ्रम फैलाइएको भन्दै त्यस्ता व्यक्तिहरूको पहिचान गरी कारबाही माग गर्दै वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

    AGNI GROUP

    साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले उपसभापति वाग्लेबाट उजुरी आएको बताएका छन् । ‘सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरी मानमर्दन र सामाजिक सौहार्दता खलब्ल्याउने कुनियतले सामग्री प्रचारप्रसार गर्नेहरू पत्ता लगाई हदैसम्मको कारबाही गरिपाऊँ’ भन्दै वाग्लेले उजुरी दिएका हुन् ।


    धर्म र व्यक्तिगत अवस्थाबारे भ्रम सिर्जना गराउने काम भइरहेको पाइएको उनले दिएको उजुरीमा उल्लेख छ । नक्कली सामग्री सामाजिक सञ्जालहरूमा प्रशारण गरेको पाइएको पनि उनको भनाइ छ। अफवाह फैलाउने व्यक्ति र समूहहरू पत्ता लगाएर अनुसन्धान गरी कारबाही गर्न पनि उनले माग गरेका छन् ।

    ‘आफूलाई बागमती प्रदेशकी सांसद भनेर चिनाउने लक्ष्मी घिमिरे र मोहन लामा रूम्बाले प्रेषित गरेका सामग्रीले मेरो प्रतिष्ठामाथि आँच पुर्‍याउने खराब नियत राखेको पाएको छु,’ उनले साइबर ब्युरोमा दिएको उजुरीमा उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij