Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका  छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे पाँचखल नगरपालिका-३ घर भएका ३५ वर्षीय रूपेश लामिछाने र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने धादिङ खनियाबास गाउँपालिका-३ घर भएका ३५ वर्षीय हिरा तामाङ रहेका छन् ।

    AGNI GROUP

    पक्राउ मध्ये रूपेशले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र हिराले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूपेशलाई काठमाडौं महानगरपालिका-३२ बाट र हिरालाई ललितपुर, ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको  छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट