Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । निर्वाचन आयोगले कम्प्युटर एसोसियशन नेपाल महासंघ (क्यान)लाई स्पष्टिकरण सोधेको छ । क्यान महासंघले निर्वाचन आयोगको स्वीकृति नलिई साधारण सभा आयोजना गरेको भन्दै स्पष्टिकरण माग गरेको हो ।
आयोगले माघ १७ गतेको सूचना अनुसार २१ गते आयोजना गर्ने भनिएको साधारण सभा सम्पन्न भएको हो वा होईन ? यदि हो भने निर्वाचन आयोगको आचारसंहिता २०८२ बमोजिम निर्वाचन आयोगको स्वीकृति लिएर गरिएको हो वा होइन ? भनी क्यानलाई ४८ घण्टाभित्र स्पष्टिकण दिन भनेको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij