Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतले निर्वाचनका लागि दिएका ४८२ गाडी वीरगन्ज नाकाबाट भित्रिए

भारतले निर्वाचनका लागि दिएका ४८२ गाडी वीरगन्ज नाकाबाट भित्रिए

  • काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भारत सरकारले नेपाललाई उपहार स्वरुप दिएका ४ सय ८२ गाडी वीरगन्ज नाका हुँदै भित्रिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी सन्चालक कम्पनी टीआरएस हिमालयन लजिपार्क प्रालिका अपरेशन इन्चार्ज जीतेन्द्र रसाइलीका अनुसार आइतबार २० वटा गरी कूल ४ सय ८२ सवारी साधन यो नाकाबाट भित्रिएका हुन् ।

    AGNI GROUP

    भारतले वीरगन्ज नाका हुँदै कूल ५ सय ३८ सवारी साधन नेपाललाई पठाउन लागेकोमा ५६ वटा मात्रै भित्रिन बाँकी छ ।

    भारतले नेपालाई महिन्द्रा कम्पनीको स्कारपियो पिकअप र कार गरी दुई किसिमका सवारी साधन उपलब्ध गराएको हो । यो नाकाबाट माघ ४ देखि भारतले दिएको सवारी भित्रिन थालेकोमा ती सवारी क्रमशः भन्सारबाट बाहिरिएर राजधानी काठमाडौं तर्फ गइरहेको रसाइलीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij