Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बाँकेमा एचपिभी खोप लगाउन सुरु

बाँकेमा एचपिभी खोप लगाउन सुरु

  • काठमाडौं । बाँकेका तीन स्थानीय तहमा पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउन सुरु भएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सो खोप लगाउन सुरु गरिएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।
     
    जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अहिलेसम्म नेपालगञ्जमा १३२, बैजनाथमा १४१ र खजुरामा १८४ जनालाई पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको जानकारी दिनुभयो । जिल्लामा विद्यालय जाने ६ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कूल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    त्यसमध्ये पनि राप्तीसोनारी गाँउपालिकामा ७२० जना, कोहलपुर नगरपालिकामा एक हजार ७०६ जना, बैजनाथ गाउँपालिकामा ८८० जना, एक हजार १९ जना, जानकी गाँउपालिकामा ६७२ जना, नेपालगञ्ज उपमहानगरपालिकामा दुई हजार ४२४ जना, डुडुवा गाउँपालिकामा ४४१ जना र नरैनापुर गाँउपालिकामा ७२१ जनालाई सो खोप लगाइने छ । 

    AGNI GROUP

    स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आजदेखि र जानकी गाउँपालिकामा २७ गते सो खोप लगाइने छ । 

    खासगरी कक्षा ६ मा अध्ययन गर्ने छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी र गत वर्ष सञ्चालित एचपिभी खोपको लागि निर्धारण लक्षित समूह किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह मानिएको छ । 

    नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको बताइएको छ । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई सो खोप लगाइएको थियो । सो खोप माघ २५ गतेदेखि फागुन ४ गतेसम्म लगाइने छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij