Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो ।
यस मुद्दामा दुई पटक वादी पक्ष र दुई पटक प्रतिवादी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भइसकेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहितका प्रतिवादीले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरूविरुद्ध ३३ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
२०६८ पुस ६ गते तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहितले चिनियाँ कम्पनी एसियाइन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ तथा ग्राहक समर्थन (सीआरटीबी एन्ड सीएस) बिलिङ प्रणालीका लागि सम्झौता गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij