Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कैलाली कारागार

फरार कैदीको कैलाली प्रशासनद्वारा फोटोसहित विवरण सार्वजनिक

फरार कैदीको कैलाली प्रशासनद्वारा फोटोसहित विवरण सार्वजनिक

कैलाली कारागारबाट फरार भएका २ सय २२ जना कैदीको कैलाली प्रशासनले फोटोसहित विवरण सार्वजनिक गरेको छ ।

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका २ सय २२ जना कैदीको कैलाली प्रशासनले फोटोसहित विवरण सार्वजनिक गरेको छ । प्रशासनले फरार कैदीबन्दीहरूको फोटोसहितको विवरण जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयलगायत विभिन्न सरकारी कार्यालयका मुख्य गेटमा टासेर सार्वजनिक गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    फरार कैदीबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सतर्कता अपनाउन प्रशासनले य फोटोसहित विवरण सार्वजनिक गरेको जनाएको छ । कैलाली कारागारबाट भागेका कैदीबन्दीमध्ये धेरै अझै कारागार नफर्किएपछि फागुन २१ म हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरक्षामा चुनौती थपिएको प्रशासनले जनाएको छ । १०१ किलोमिटर लामो नेपाल–भारत खुला अन्तर्राष्ट्रिय सीमा रहेको कैलाली जिल्ला सुरक्षाका दृष्टिले संवेदनशील मानिँदै आएको छ । जिल्लाका धेरै मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन्।

    AGNI GROUP

    भदौ २४ गते कारागारबाट फरार भई हालसम्म सम्पर्कमा नआएका कैदीबन्दीहरूको फोटोसहित विवरण सार्वजनिक स्थलमा टाँस गरिएको कारागार कार्यालयले जनाएको छ । कारागारका अनुसार फरारमध्ये आधाभन्दा बढी कैदीबन्दी फर्किसके पनि हालसम्म २२२ जना अझै फरार रहेका छन् । तीमध्ये केही गम्भीर अपराधमा संलग्न कैदीबन्दीसमेत रहेका छन् ।

    फरार कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । सुरक्षालाई ध्यानमा राख्दै जिल्लाभर सतर्कता बढाइएको प्रशासनले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij