Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विदेश पठाउने नाममा ठगी, पाँचजना पक्राउ

विदेश पठाउने नाममा ठगी, पाँचजना पक्राउ

  • काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई तथा काभ्रे चौंरीदेउरीली नगरपालिका–९ की ४८ वर्षीया कुमारी तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

    AGNI GROUP

    “पक्राउ परेकामध्ये विना र विन्दाले अमेरिका पठाइदिने भन्दै १० लाख, कोपिलाले बेलायत पठाइदिने भन्दै १३ लाख, सन्तोषले कम्बोडिया पठाइदिने भन्दै तीन लाख ७० हजार तथा कुमारीले पोर्चुगल पठाइदिने भन्दै १३ लाख ६० हजार लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको हो,” भट्टले भने ।

    पक्राउ परेमा पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij