Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको आयोजनामा सञ्चालित ‘सातौँ प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता–२०८२’ सम्पन्न भएको छ ।
प्रतियोगिता प्रधान सेनापति महारथी अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समापन समारोहमा प्रधान सेनापति सिग्देलले विजेता टिम, प्रशिक्षक तथा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र र प्रशंसा पत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा २६ वटा महाविद्यालय, विद्यालय तथा तेक्वान्दो डोजाङ्गबाट २२४ जना खेलाडी सहभागी थिए । प्रतियोगिता अन्तर्गत गेरोगीतर्फ १५ वटा तौल समूह तथा पुम्सेतर्फ चार–चार समूहमा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा आयोजक विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको ‘टिम ए’ प्रथम, नागार्जुन तेक्वान्दो डोजाङ्ग टिम द्वितीय तथा द राइजिङ फाइटर तेक्वान्दो डोजाङ्ग टिम तृतीय भएको छ ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका प्रतिनिधि तथा पदाधिकारी, नेपाली सेनाका रथीवृन्द, सैनिक श्रीमती संघका पदाधिकारी, जनप्रतिनिधि, विभिन्न डोजाङ्गका प्रतिनिधि, विभिन्न महाविद्यालय तथा विद्यालयका शिक्षक प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij