Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रातभर अशान्त सिरहा कारागार, सुरक्षा समितिको बैठक बस्दै

रातभर अशान्त सिरहा कारागार, सुरक्षा समितिको बैठक बस्दै

  • काठमाडौँ । गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सिरहा कारागारमा उत्पन्न विवाद अझै मिलेको छैन । करिब २० घन्टाभन्दा बढी समय बितिसक्दा पनि कारागारको अवस्था अझै अशान्त रहेको छ । 

    onlinepatrika
    Arghakhachi

    सोमबार बिहान करिब ११ बजे गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो । त्यसपछि यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

    AGNI GROUP

    त्यसको विरोधमा कैदीहरूले सोमबार दिनभर र रातभर कारागारको छतमाथि बसेर नाराबाजी गरेका छन् । स्थिति नियन्त्रणमा लिन सोमबार राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो । 

    जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एवं प्रवक्ता रमेश बहादुर पालका अनुसार कैदीहरूले नाइके यादवलाई कारागार फिर्ता ल्याउन माग गर्दै होहल्ला र नाराबाजी मङ्गलवार बिहानसम्म पनि जारी राखेको बताए ।

    कारागारको तनावको विषयमा छलफल गर्न आज बिहान जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ । सुरक्षालाई मध्यनजर गर्दै कारागारभित्र र बाहिर करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट हतियार, गोली, नगदका साथै चुरोट, सुर्ती जस्ता प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा अपरेसन गरिएको हो ।

    नियन्त्रणमा लिइएका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेको जनाइएको छ । उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारबाट बाहिर निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।

    हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ । १५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij