Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

१७औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन

१७औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन

  • काठमाडौँ । १७औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन भएको छ । शैली थिएटर रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा एक हप्ता लामो महोत्सवको आज समुद्घाटन गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

    कार्यक्रमका प्रमुख अतिथि कवि, नाटककार साहित्यकार एलबि क्षेत्रीले, नाटक विधालाई महत्त्वपूर्ण रूपमा लिनु आवश्यक रहेको बताए । उनले,  नाटकको इतिहास ऐतिहासिक रहेको र यसलाई यथार्थता परक बनाउन सधैं सबै पक्ष समेटसनुपर्ने बताए । 

    AGNI GROUP

    उनले, नाटकको विधा नै यस्तो हो जस्ले सधैं जीवन्तता प्रदान गर्ने बताउदैँ सशक्त र अनुकरणीय भुमिका निर्वाह गरिरहेको बताए । उनले, नाटकका पात्रहरू सधैं जिवित रहने भएकाले बाल नाटकलाई  शिक्षाको स-शक्त माध्यमका रूपमा प्रस्तुत गर्नुपर्ने बताउँदै बालबालिकाले मञ्चलाई आफ्नो सपना प्रस्तुत गर्ने लक्ष्य राख्नु आवश्यक रहेको बताए । 

    बाल नाटक महोत्सवका संयोजक महेश पौडेलले, सरकारी निकायले नाटक विधालाई महत्त्वपूर्ण रूपमा नहेरे सम्म यस्को विकास नहुने बताए । उनले, जीवन्त विषयवस्तुलाई वस्तुनिष्ठताका आधारमा जबसम्म नियालिदैन तबसम्म यस्को वृद्धि विकास हुनेमा शंका रहेको बताए । 

    त्यस्तै, रूसी सदन काठमाडौँका डिरेक्टर अनास्थासिया खोकोलोभाले, यो वर्षका लागि नाटक महोत्सव निकै अर्थपूर्ण रहेको बताउँदै, नेपाल र रसियाको कुटनैतिक सम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको सन्दर्भले झनै महत्त्वपूर्ण बनाएको बताइन् ।

    उनले, अब आउने वर्षहरूमा पनि यस्तै कार्यक्रम निरन्तर हुने बताउदैँ उनले । नाटक महोत्सवले निकै वर्षदेखि यो परियोजनालाई जिवन्तता दिने बताइन् ।

    त्यस्तै उद्घाटन सत्रमा दुईवटा नाटकहरू हामी एउटै हौँ र पार्वती प्रस्तुत गरिएको थियो । जसमा हामी एउटै हौँ प्रतियोगि नाटक हो भने,पार्वतीू अप्रतियोगी नाटक हो । 

    त्यस्तै, कार्यक्रममा शान्तदास मानन्धर पुरस्कार राम बाबु सुवेदीलाई प्रदान गरिएको थियो भने । १८ वटा नाटकहरू प्रस्तुत हुनेछन् । नगद सहित ट्रफी र पुरस्कारहरू प्राप्त गर्नेछन्  । महोत्सव आगामी फागुन २ गतेसम्म सञ्चालन हुने छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij