Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । रामेछापमा बस दुर्घटना भएको छ । काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको बस त्रिवेणी नजिकै दुर्घटना हुँदा केही यात्रु गम्भीर भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बस तामाकोशी नदीमा खसेको छ । प्रहरी घटनास्थलतर्फ जाँदै छन्। स्थानीयले घाइतेको उद्धार गरिरहेको बताइएको छ। थप विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij