Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचन घोषणा पत्र लेखनका लागि सुझाव संकलन गरेको छ ।
पार्टीले घोषणा पत्र तयार गर्न पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव लिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । कतिपय जनवर्गीय सङ्गठनले कार्यालयमा आएर र कसैले इमेलमार्फत एमालेलाई सुझाव पठाएका उहाँले बताउनुभयो ।
‘हामीले जनवर्गीय सङ्गठनलगायत क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणा पत्रका लागि सुझाव सङ्कलन गरिरहेका छौँ । ती सुझाव सङ्कलनको आधारमा घोषणा पत्रको अन्तिम मस्यौदा बनाउँदैछौँ’, उनले भने ।
फागुन पहिलो साता पार्टीको घोषणा पत्र सार्वजनिक गरिने सचिव डा.अधिकारीले बताए । एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij