Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओली आज झापाको पूर्वी गौरादहका ११ ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् ।
पार्टीको गौरादह नगर कमिटीले दिएको जानकारी अनुसार ११ बजे गौरादहको चारआलीबाट सुरु हुने कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ ।
पार्टीले दिएको जानकारी अनुसार बिहान ११ः४५ बजे पेट्रोलपम्पमा, १२ः३० बजे डिठा चोक, दिउँसो १ बजे हाँसखोरामा मतदातासँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ ।
यसैगरी दिउँसो १ः३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा, २ बजे ठकठकेमा कार्यक्रम राखिएको छ । यस्तै २ः३० बजे बैराती, ३ बजे जुरोपानी र ३ः३० बजे ग्वालडुब्बामा भेटघाट राखिएको छ । यस्तै ४ः१५ बजे जामबाडी र ४ः४५ बजे जयबहादुर अधिकारीको टोलमा कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij