Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । मकवानपुरको भीमफेदी–८ महादेवटार छोक्रेडाँडामा निर्माणधीन काठमाडौँ तराई मधेश द्रूतमार्ग (फास्ट ट्र्याक) मा खाडल खन्ने क्रममा मजदुरको मृत्यु भएको छ ।
१ नम्बर पुलको खाडल खन्ने क्रममा काम सकेर खाल्डोबाट टुचनमा बसेर आउने क्रममा टुचन मेसिनको ब्रेक फेल भई २१ मिटर तल खस्दा सिन्धुपाल्चोक पाचपोखरी थाङपाल–५ घर भई फास्ट ट्र्याकमा कार्यरत २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, पाँचपोखरी थाङपाल–६ का ३७ वर्षीय जुल्फे तामाङलाई माथिबाट खसेको टुचनले ढाडमा लागेर घाइते भएको अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij