Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गुल्मीमा पहिलोपटक अंगीकृत नागरिकता वितरण

गुल्मीमा पहिलोपटक अंगीकृत नागरिकता वितरण

  • काठमाडौं । गुल्मीमा पहिलो पटक अंगीकृत नागरिकता वितरण गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक रेसुङ्गा नगरपालिका-१० निवासी जमुना बस्नेतका छोरा सुरज लेप्चालाई अंगीकृत नागरिकता वितरण गरेको हो ।

    AGNI GROUP

    संशोधित नागरिकतासम्बन्धी कानुनअनुसार सुरज लेप्चालाई जिल्लामा पहिलो पटक अंगीकृत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

    प्रजिअ गैह्रेका अनुसार नेपाली मुलकी महिलाले विदेशी नागरिकसँग विवाह गरेपछि जन्मिएका छोरा-छोरीलाई अंगीकृत नागरिकता प्रदान गर्ने नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा आएपछि गुल्मी जिल्लाबाट पहिलोपटक नागरिकता वितरण गरिएको हो ।

    कानुन संशोधनपछि प्रमुख जिल्ला अधिकारीमार्फत नै अंगीकृत नागरिकता प्रदान गर्न सकिने व्यवस्था भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij