Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
प्रेस मञ्च नेपाल सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाईको सरकारको दम्भले राजनीतिक अस्थिरता उत्पन्न गरी देशलाई द्वन्द्वमा फसाएको आरोप लगाए । उनले भने, 'सङ्क्रमणकालीन अवस्थाबाट देशलाई लयमा ल्याउने माध्यम निर्वाचन नै हो, तर निर्वाचनले देशलाई सही मार्ग ल्याए पनि मुलुकको निकासका लागि संविधान संशोधन गर्नुपर्छ ।'
संविधानले ग्यारेन्टी गरेको सङ्घीयता, प्रतिनिधित्व, स्वायत्त र संरक्षित क्षेत्रजस्ता राज्य पुनर्संरचनाको मूलभूत विषयलाई कार्यान्वयन र दिगो व्यवस्थापन गर्नुभन्दा दबाउने दुस्साहसले जनतामा असन्तोष बढेको अध्यक्ष यादवको भनाइ थियो ।
अध्यक्ष यादवले सप्तरी विकासमा अगाडि छ भन्ने सन्देश दिन आफूले अन्य ठाउँ छोडेर यहाँबाट उम्मेदवारी दिएको प्रस्ट्याउँदै बहुदलीय व्यवस्था आएपछि ३० वटा प्रधानमन्त्री फेरिए पनि जिल्लामा कुनै परिवर्तन नदेखिएको भन्दै दुःख व्यक्त गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij