Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । ग्यास आपूर्ति असहज बनेपछि आपूर्तिको नियमनकारी निकाय नेपाल आयल निगम र उपभोक्ता बजारको नियमनकारी संस्था वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाइमा मतभेद देखिँदा उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ ।
बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुमा उद्योगी वा व्यापारीको कालोबजारी नभई आपूर्तिमै कमी हुनु मुख्य कारण रहेको निष्कर्ष विभागले अनुगमनपछि निकालेको छ । बजारमा कृत्रिम अभाव गराइएको भन्ने गुनासोपछि बजार अनुगमनमा निस्किएको विभागले त्षयस्तो कैफियत नभेटिएको जनाएको छ ।
विभागका निर्देशक नरहरि तिवारीले ग्यासका अभावका सन्दर्भमा बजारमा गरिएको अनुगमनको विषयमा स्पष्ट पार्दै उद्योगले ग्यास लुकाएको वा कालोबजारी गरेको नभेटिएको बताएका हुन् । उनले यसो भनिरहँदा पनि बजारमा ग्यासको अभाव भने कायमै छ ।
तर नेपाल आयल निगम भने आपूर्ति सहज बनिसकेको भन्दै बजारमा नै समस्या रहेको भन्दै पन्छिने प्रयासमा छ । निगमले भने ग्यास आपूर्ति पर्याप्त रहेको बताउँदै आएको छ ।
यी दुई निमयनकारी निकायको मतभेदले उपभोक्ता भने समस्यामा परेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij