Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

काठमाडौंको पुतलीसडकमा खुल्यो जकीको नयाँ एक्सक्लुसिभ शोरूम

काठमाडौंको पुतलीसडकमा खुल्यो जकीको नयाँ एक्सक्लुसिभ शोरूम

  • काठमाडौं । जकीले काठमाडौंको प्रमुख व्यापारिक केन्द्रमध्ये एक पुतलीसडकमा आफ्नो नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ ।

    onlinepatrika
    Arghakhachi

    उत्कृष्ट रिटेल अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यस स्टोरमा पुरुष, महिला र बालबालिकाका लागि जकीका सम्पूर्ण उत्पादनहरू उपलब्ध छन् । शोरूमको उद्घाटन समारोहमा चर्चित तथा लोकप्रिय नायिका मिस प्रियंका कार्कीको उपस्थिति रहेको थियो ।

    AGNI GROUP

    उनले भनिन्, “जकी सधैं आराम र आत्मविश्वासको प्रतीक बनेको छ । पुतलीसडकको यो नयाँ एक्सक्लुसिभ शोरूमले उत्कृष्ट सपिङ अनुभव प्रदान गर्दछ जहाँ मानिसहरूले ब्रान्डका सम्पूर्ण लाइफस्टाइल उत्पादनहरू सहजै रोज्न सक्छन् । जकी जस्तो विश्वव्यापी ब्रान्डले काठमाडौंमा यस्तो प्रिमियम उपस्थिति जनाएको देख्दा खुसी लागेको छ ।”

    स्टोर म्यानेजरद्वय मोहित कुमार सिन्हा र गोकुल शर्माले एक संयुक्त विज्ञप्ति जारी गर्दै भने, “हामी पुतलीसडकमा जोकीको यो नयाँ अनुभव ल्याउन पाउँदा निकै उत्साहित छौं । यो शोरूमले काठमाडौंमा हाम्रो बढ्दो उपस्थितिलाई झल्काउँछ र स्थानीय बजारमा विश्व–स्तरीय पहिरन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ । “

    पुतलीसडकको यस शोरूमका साथै काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानहरू, जनरल ट्रेड र प्रमुख मोडर्न ट्रेडआउटलेटहरूमा पनि जकीका स्टोरहरू उपलब्ध छन्, जसले ग्राहकहरूलाई ब्रान्डसँग अझ नजिक बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij