Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते भएका छन् ।
शंखरापुर नगरपालिका–३ स्थित फेदीको पुल नजिक जहरसिंपौवा यातायात प्रालिको बस दुर्घटना भएको हो। जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
सामान्य घाइतेलाई पिपल्स लाईफ केयर हस्पिटल साँखु र गम्भीर घाइते भएकालाई काठमाडौं मेडिकल कलेजमा लगिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij