Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सर्लाही जिल्ला कारागारको सुरक्षा जिम्मा सेनालाई

सर्लाही जिल्ला कारागारको सुरक्षा जिम्मा सेनालाई

  • काठमाडौं । सर्लाहीको मलंगवास्थित जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबार साँझ ५ बजेदेखि जिल्ला कारागार कार्यालय मलंगवाको सुरक्षा जिम्मा सेनाले लिएको हो ।

    onlinepatrika
    Arghakhachi

    मलंगवा सुरक्षा बेस सर्लाहीबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्ना नेतृत्वमा २५ जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिँदै आएका थिए ।

    AGNI GROUP

    मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ । सोही निर्णयअनुसार मलंगवा कारागारमा पनि सेना तैनाथ गरिएको हो ।

    कालीध्वज गणनवलपुर पाँचकुमारीका गणपति उमेश खड्काले मलंगवा कारागारमा सेनाको टोलीले जिम्मेवारी सम्हालिसकेको जानकारी दिए । उनका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij