Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेले फागुन ३ अघि घोषणापत्र सार्वजनिक नगर्ने

एमालेले फागुन ३ अघि घोषणापत्र सार्वजनिक नगर्ने

  • काठमाडौँ । नेकपा एमालेले फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगले फागुन ३ भित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन निर्देशन दिएपनि एमालेले तयारी अभाव भन्दै फागुन ३ गतेपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौँ फर्केर घोषणापत्रको मस्यौदा अध्ययनमा लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार अध्यक्षले अध्ययन सकेर थपघट गर्नुपर्ने विषयहरू समेत समावेश गर्नुपर्ने भएकाले फागुन ३ गते अघि घोषणापत्र सार्वजनिक गर्न कठिन रहेको छ । 

    AGNI GROUP

    ‘घोषणापत्र तयार गर्ने काम तीव्र रूपमा भएको छ, तर फागुन ३ भित्रै सार्वजनिक हुने सम्भावना कम छ’, कार्यालय सचिव अधिकारीको भनाइ छ ।  

    एमालेले चुनावी घोषणापत्र मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा कमिटी गठन गरेको थियो । मस्यौदा कमिटीको सदस्यमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल,महासचिव शङ्कर पोखरेल, नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल रहेका छन् । 

    मस्यौदा कमिटीले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर सुझाव सङ्कलन गरेको थियो । एमाले नेताहरूले यो पटकको चुनावी घोषणापत्र लामो नबनाउने बताउँदै आएका छन् । अघिल्लो निर्वाचनमा प्राथमिकतामा राखेका विषयहरूलाई समेत समेटेर तयार गरिने घोषणापत्रमा राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखिने एमालेले जनाएको छ । 

    त्यस्तै अर्को दल नेपाली कांग्रेसले भने फागुन २ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाइसकेको छ । कांग्रेस प्रवक्ता चालिसेले फागुन २ गतेभित्र चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् । मतदानको मिति आउन २० दिनमात्रै बाँकी रहँदा अर्को राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छैन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यसअघि नै महत्त्वाकाङ्क्षी योजना समेटेर आफ्नो घोषणपत्र सार्वजनिक गरेको छ भने जसपाले आज फागुन १ गते सार्वजनिक गर्ने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij