Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा भेला भएका छन् ।
काठमाडौं प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गरेर सुरक्षा व्यवस्था कडा बनाए पनि राजावादीहरु भेला भएका हुन् । त्यहाँ विहानैदेखि ठूलो संख्यामा प्रहरीहरू तैनाथ गरिएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौं आउँदैछन् । पूर्वराजा शाहको स्वागतको लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि विमानस्थलमा पुगेका छन् ।
अहिले विमानस्थलबाहिर पूर्वराजाका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन् । प्रहरीले राजावादीहरुलाई विमानस्थलबाहिर नै रोकेर राखेका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij