Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पोखराको फेवातालमा एसएलआर हतियार फेला परेको छ । १८ राउन्ड गोलीसहितको हतियार फेला परेको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।
स्थानीय कुमार जलारीले बिहीबार जाल हानेर माछा मार्ने क्रममा तालमा हतियार भेट्टाएका हुन् । उनले तत्कालै प्रहरीलाई खबर गरेका थिए। हतियारको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिप्रका कास्कीका डिएसपी हरिबहादुर बस्नेतले बताए ।
सो हतियार जेन–जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको आशंका गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij