Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन शुभारम्भ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन शुभारम्भ

  • काठमाडौँ । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन शुभारम्भ भएको छ।

    onlinepatrika
    Arghakhachi

    ‘स्वास्थ्यको लागि पोखराको लागि’ भन्ने नाराका साथ उक्त म्याराथनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका हुन् ।

    AGNI GROUP

    पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनमा खुल्ला म्याराथन ४२.१९५ किमी, राष्ट्रिय तथा प्रदेशस्तरीय म्याराथन, ४५ वर्ष माथिको म्याराथन, हाफ म्याराथन महिला–पुरुष, १० किमी दौड, विद्यालय स्तरीय ५ किमी दौड, भेट्रान्स, कर्पोरेट दौड तथा ‘रन फर फन’ लगायतका इभेन्टहरू समावेश गरिएको मञ्चले जनाएको छ । 

    म्याराथनमा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, केन्या, नाइजेरिया, बेल्जियम लगायत विभिन्न देशका धावकहरूले सहभागिता जनाएका छन् । म्याराथनतर्फ प्रथम हुनेले ४ लाख, द्वितीयले २ लाख र तृतीयले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । 

    पोखरा म्याराथन पोखरामा हुने सबैभन्दा ठुलो दौड प्रतियोगिता हो । संसारका विरलै शहरहरुमा हुने यस प्रकारको म्याराथनले पोखरालाई समेत अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार तथा प्रवर्द्धनमा सहयोग गर्ने विश्वास गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij