Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

फेवातालमा कार खस्दा युवकको मृत्यु

फेवातालमा कार खस्दा युवकको मृत्यु

  • काठमाडौँ । पोखराको फेवातालमा कार खस्दा एक युवकको ज्यान गएको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती करिब २ बजे भएको दुर्घटनामा परेर स्याङ्जा फेदीखोला -५ घर भई पोखरा-७ मासबार बस्ने वर्ष २४ का अदित गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    पोखरा पामे सडकको गैह्राको चौतारा नजिक कार दुर्घटना भएको खबरपछि कालिका गणको गोताखोरसहितको २१ जनाको टोली उद्धारमा खटिएको थियो ।

    तालबाट गुरुङलाई अचेत अवस्थामा तालबाट उद्धार गरी अस्पताल पठाएकोमा उपचारको क्रममा करिब साढे ४ बजे  डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । तालमा खसेको बीएए १५८२ नम्बरको कारलाई क्रेनको सहायताले घटनास्थलबाट बाहिर निकाली थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij