Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८.९७ अंक बढेर २६७१.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.४६ अंक बढेर २६७४.५३ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक बढेको छ ।
सोमबार प्रि ओपन सेसनमा ५० स्टकको १०८ पटकको कारोबारमा ४८ लाख ४० हजार ८८४ रुपैयाँ ४० पैसाबराबरको ९ हजार ८६९ कित्ता शेयर खरिदबिक्री भएको छ ।
जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ । बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij