Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कीर्तिपुर डाँडा र गगनको यो कुरा !

कीर्तिपुर डाँडा र गगनको यो कुरा !

  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले आफुले कीर्तिपुरको डाँडामा बसेर महिनाको २-३ लाख कमाउन सकिन्छ भनेर यत्तिकै नभनेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाली काँग्रेसको सूचना प्रविधि क्षेत्रमा आफ्नो धारणा भिडियो सन्देशमार्फत सार्बजनिक गर्द आफुले कीर्तिपुरको एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति यत्तिकै नदिएको भन्दै सो अभिव्यक्ति आलोचित भएपनि त्यो अभिव्यक्ति आफुहरुको सपना भएको बताएका छन् ।

    AGNI GROUP

    सभापति थापाले अघिल्लो सरकारका पालामा अध्यादेशमार्फत गरिएका केही सुधारले सकारात्मक प्रभाव देखाएको उल्लेख गर्दै अब थप संरचनागत र नीतिगत सुधार गरेर सुचना प्रविधि क्षेत्रलाई युवा मैत्री बनाउने बताए । उनले आगामी पाँच वर्षभित्र नेपाललाई 'डिजिटल हब' बनाउन सकिने बताउदै सूचना प्रविधि क्षेत्रमा सानो नीतिगत सुधारले पनि ठूलो आर्थिक परिणाम दिन सक्ने दाबि गरेका छन् ।

    सभापति थापाले पाँच वर्षभित्र करिब ४ खर्ब बराबरको सूचना प्रविधि सेवा निर्यात गर्न सकिने दाबी गर्दै उनले २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिने समेत दाबि गरेका छन् । उनले कम्तीमा २०० नेपाली सूचना प्रविधि कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गराउने लक्ष्य समेत काँग्रेसको रहेको बताएका छन् । नेपाल अब स्वतन्त्र रूपमा काम गर्ने सेवा र बाह्य सेवा प्रक्रियामा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन विकास र निर्यातमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

    उनले 'ट्यालेन्ट हब' बनाएर मात्र प्रविधि क्षेत्रमा अध्ययन गरेकाहरुलाई व्यवस्थित किसिमले रोजगार दिन सकिने अवधारणा प्रस्ताव गरेका छन् । यसका लागि उनले सार्बजनिक निजी साझेदारी गर्ने समेत बताए । 

    सभापति थापाले चुनाव केन्द्रित आफ्ना धारणा सार्बजनिक गर्ने क्रममा विभिन्न क्षेत्रको विकास र त्यसमा पार्टीको धारणा भिडियो सन्देश जारी गर्दै बताउदै आएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij