Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गणेशथानकी ४६ वर्षीया सुनिता श्रेष्ठलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पनौतीबाट खटिएको टोलीले श्रेष्ठको घरमा तलासी गर्दा एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
बरामद गरिएको बन्दुकसहित श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij