Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौं उडान भएको छ ।
आजदेखि काठमाडौं–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए । तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दौ आएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij