Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान ११: १५ बजे घोषणापत्र सार्वजनिक गर्ने तालिका छ ।
एमालेले चुनावी घोषणापत्रमार्फत बहुमत आउने गरी निर्वाचनमा होमिएको जनाएको छ । समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई प्रमुख रुपमा घोषणा पत्रमा समावेश गरिएको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij