Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सवारी दुर्घटना

७ महिनामा ४ हजार दुर्घटना, १३२ जनाको मृत्यु

७ महिनामा ४ हजार दुर्घटना, १३२ जनाको मृत्यु

  • काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्यालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको माघ महिनासम्म भएका ४ हजार ३ वटा दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको जनाएको हो । दुर्घटनामध्ये सवै भन्दा बढि दुर्घटनामा चालकको लापरवाही देखिएको काठमाडौं उपत्यका ट्रफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    AGNI GROUP

    उनले सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चेकजाँचलाई बढाइएको बताए । आफुहरुको ध्यान राजस्व संकलन गर्ने नभइ जीवन रक्षामा केन्द्रीत रहेका बताए ।

    उनले सवारी चोरी भएका घटनापनि बृद्धि भएकाले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी सुरक्षाका उपायहरु अपनाउन पनि आग्रह गरे ।

    सो क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट