Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गगन थापाले दिए रवि लामिछाने बारेको 'प्रमाण खोई' भन्ने प्रश्नको जवाफ

गगन थापाले दिए रवि लामिछाने बारेको 'प्रमाण खोई' भन्ने प्रश्नको जवाफ

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा आफुलाई पटक पटक सोधिने 'प्रमाण खोई' भन्ने प्रश्नको जवाफ दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काँग्रेसको प्रतिज्ञाका विषयमा आम मानिसका प्रश्नको जावफ दिन आयोजित गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले 'प्रमाण खोई ?' भन्ने प्रश्नको जवाफ दिदै रवि लामिछानेको सहकारी ठगीमा संलग्नता पुष्टि सर्वोच्च अदालतको आदेशले नै गरेको भन्दै आफुलाई प्रश्न गर्न भन्दा पनि सर्वोच्चको आदेश प्पढ्न आग्रह गरेका हुन् ।

    AGNI GROUP

    उनले सो अवसरमा भने- 'साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु । यो मैले बनाएको आरोप होइन, नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरू हुन्।’

    सभापति थापाले जिल्ला अदालतका मिसिलहरूलाई पढेर सुनाउदै लामिछानेको नाममा करोडौं रुपैयाँ ऋण प्रवाह भएको उल्लेख गरे ।

    सभापति थापाले सर्वोच्च अदालतको वेबसाइटमा रहेको फैसलाको बुँदा उल्लेख गर्दै लामिछानेले निःशुल्क सेयर पाएको दाबी गरे पनि उक्त सेयर लगानी गर्न सहकारीकै रकम प्रयोग भएको देखिएको सर्वोच्चले नै ठहर गरेको बताएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij