Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनआइबिएल इक्विटीको बोर्ड सदस्य सल्लाहकारमा पौड्याल

एनआइबिएल इक्विटीको बोर्ड सदस्य सल्लाहकारमा पौड्याल

  • काठमाडौं । एनआइबिएल इक्विटी पार्टनर्सको बोर्ड सल्लाहकार सदस्यमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । यस नियुक्तिले संस्थाको रणनीतिक नेतृत्वलाई थप सुदृढ बनाउँदै दिगो तथा बैंकिङप्रतिको प्रतिबद्धतालाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    वाणिज्य बैंकिङ, लगानी बैंकिङ तथा दिगो वित्तका क्षेत्रमा चार दशक लामो अनुभव सँगालेका पौड्यालले नेपालको बैंकिङ क्षेत्र सुदृढीकरणमा योगदान दिएका छन् । यसअघि पौड्याल नबिल बैंकको अध्यक्ष थिए । त्यस्तै, १७ वर्ष प्रमुख कार्यकारी अधिकृतका रूपमा एनएमबि बैंकको नेतृत्व सम्हालिसकेका छन् । पौड्यालको नेतृत्वमा उल्लिखित संस्थाले सुशासन, जोखिम व्यवस्थापन तथा दिगो बैंकिङका क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरिएको बताइएको छ । 

    AGNI GROUP

    त्यसैगरी, उनले वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा बैंकिङ विशेषज्ञका रूपमा काम गरिसकेका छन् । ‘सुशासन संरचना सुदृढीकरण, दिगोपन अभ्यास अभिवृद्धि तथा नेपालको बैंकिङ क्षेत्रमा नवप्रवर्तन प्रवद्र्धन गर्ने हाम्रो यात्रामा उहाँको मार्गदर्शन महत्वपूर्ण रहनेछ,’ एनआइबिएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त पाण्डेले भने । पौड्यालले आफू यस कम्पनीको आगामी विकास चरणमा सहयात्रा गर्न पाउँदा उत्साहित रहेको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij