Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बन्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध

बन्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले सञ्चालन गर्दै आएको बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    फोहोर विसर्जन स्थलमा अनधिकृत रूपमा कवाडी संकलनकर्ता तथा अन्य व्यक्तिहरू प्रवेश गर्ने क्रम बढ्दै गएपछि स्वास्थ्य तथा मानविय जोखिम सिर्जना हुनुका साथै सवारी दुर्घटनाको सम्भावना समेत बढेको महानगरले जनाएको छ ।

    AGNI GROUP

    विभागका अनुसार उक्त ल्यान्डफिल साइटमा दैनिक रूपमा २३ वटा स्थानीय तहबाट संकलित फोहोरमैला अन्तिम व्यवस्थापनका लागि ल्याइँदै आएको छ।

    उक्त फोहोरमैला विसर्जन स्थलमा फोहोरमैला र कवाडी टिप्ने अनधिकृत संकलनकर्ता तथा अन्य अनधिकृत व्यक्तिहरूको प्रवेशका कारण विभिन्न स्वास्थ्य तथा मानविय जोखिम सिर्जना हुने तथा फोहोरमैला विसर्जनको क्रममा दैनिक प्रयोग हुने हेभी सवारी साधन (डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपर आदि) निरन्तर चलायमान हुने हुँदा अनधिकृत व्यक्तिहरूको उपस्थितिले सवारी दुर्घटना निम्त्याउन सक्ने भएकाले आजदेखि बाट सो ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरिएको विभागले सूचनामार्फत जनाएको छ ।

    उक्त ल्यान्डफिल साइट स्थलमा अनुमति प्राप्त व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिहरू बाहेक अन्य कुनै पनि व्यक्ति प्रवेश नगर्न /नगराउन अनुरोध गरेको विभागीय प्रमुख वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले जानकारी दिइन् ।

    उक्त कार्य उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने र अनाधिकृत व्यक्ति प्रवेश गरि कुनै दुर्घटना घटेमा कार्यालय जवाफदेहि नहुने एवम सम्बन्धित पक्षरव्यक्तिलाई कानुन अनुसार सजाय हुने स्पष्ट पारेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij