Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । मातृभाषामा कविता वाचनसहित विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरी अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा ४२ भाषाका ४२ जना कवि एवम् कवियत्रीको कविता छनोट गरिएको थियो ।
ती सबै कवितासहित केही भाषाभाषिका सांस्कृतिक झाँकी पनि प्रतिष्ठानको डबलीमा प्रस्तुत गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिष्ठानका कुलपति भूपाल राईले यस्ता महोत्वसवमा थोरै वक्ता रहेका मातृ भाषाको संरक्षणमा योगदान पुग्ने विश्वास गरिएको बताए ।
संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेष रूपमा अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको थियो ।
विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज प्रतिष्ठानले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जातजातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरराष्ट्रिय मातृ भाषा दिवसका अवसरमा शुक्रबार प्रतिष्ठानकै आयोजनामा ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ कार्यक्रम आयोजना गरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij