Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं नेपालगन्ज । सशस्त्र प्रहरीले डुडुवा गाउँपालिकाबाट लाखौं रुपैयाँ बराबरको अवैध चिनीसहित तस्करहरुलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डको टोलीले बुधबार डुडुवा गाउँपालिकाको वडा नम्बर ६ नयाँ बस्ती जङ्गलबाट भारतबाट ल्याउदै गरेको अवैध २८५० किलो चिनी, १२६० किलो धान, १४८५ किलो गहुँ , १३३ पिस ठूलो ग्याँस रेगुलेटर, ५० पिस सानो ग्याँस रेगुलेटर, ३९ पिस ग्याँस बर्नर, ३८ पिस ग्याँस लाईट ,२८ पिस ककुरको वासर र ,२० पिस सकेटसहित ५ लाख ५१ हजार ४५०रुपैयाँ बराबर मूल्यका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij